Sabaiko Nepali Kitab

Sabaiko Nepali Kitab 
सबैको  नेपाली  किताब  कक्षा ११ को नेपाली  किताब  हो । यस  किताबमा  कथाहरु, कविताहरु, निबन्धहरू उपन्यास र नाटकहरुका साथै नेपाली  ब्याकरण  पनि  समावेश  गरिएको  छ । यस  किताबको  सहयोगले  धेरै  ज्ञान  हासिल  गर्न  सक्छौ । यो  किताबको  प्रयोग  गर्न  सजिलो  छ  र  बुझ्न  कुनै  कठिनाई  छैन । शिक्षक  बिनानै  बुझ्न  सकिने  यो  किताब  साझा प्रकाशनले  प्रकाशन गरेको हो।  यसको मूल्य २०७२ सालमा रु २४५ थियो । यस किताबको संयोजन श्री ठाकुर पराजुली हुनुहुन्छ भने  लेखकहरु केशब सुबेदी, देव गिरि, अकन्ट पाण्डेय , देविका राइ, बद्रि बिशाल भट्टराई, महादेव अवस्थी, महेश्वर न्यौपाने, रमेश भट्टराई, लेखनाथ गुरागाई र हेमनाथ पौडेल हुनुहुन्छ ।  सबैको नेपाली किताबमा दिएको सबै कथारु प्राय नेपाली समाज संग मेल खाने र गाउँ घरको जीवनीशैली, सस्कृति, परम्परा आदि जस्ता बिषयमा आधारित छन्। यस किताबमा जम्मा छिमेकी,मधु मालती, रातभरी हुरी चल्यो, शत्रु र  हारजित गरेर ५ वटा कथाहरु रहेका छन् । कविताहरुको संख्या पनि ५ वटा रहेका छन् । नेपालै नरहे, हर्क बहादुर, मानुषी, मेरो देश र कान्छी, भट्टी र देश यस किताबमा समावेश गरिएका कविता हरु रहेका छन् । नेपाली विद्यार्थीहरुलाई नेपालको समाजको बारेमा यस किताबमा बुझाउनुको साथै बैज्ञानिक तथ्यहरुको बारेमा पनि बुझौन खोजिएको छ बोधका लागि दृष्टांश सामग्री राखेर ।  यसमा ब्लाक होल देखि लियर पुच्छ्रेतारा सम्म संलग्न गरिएको छ। 

हामीले तपाइलाई सजिलो हुने गरि केहि पाठहरु तयार गरेका छौ । 

Post a Comment

0 Comments