Worldometer

केही बिरामी कोभिड(१९ बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ? 
सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक उदाहरण बने। ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो। जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामा
न्य जीवनमा फर्किए। उनले सार्वजनिक यातायात पनि प्रयोग गरे। केही दिनपछि पुनस् बिरामी भए र उनलाई ज्वरो आयो। ती पुरुष अस्पताल फर्किए। त्यहाँ उनलाई फेरि उक्त भाइरसको सङ्क्रमण भएको पाइयो। यूके सरकारको कोभिड(१९ रणनीतिमा समग्र जनतामा प्रतिरोधी क्षमताको विकास गराउने भन्ने पनि थियो उनको जस्तो घटना अरू नभएको त होइन तर यसरी पुनस् सङ्क्रमित हुनेको सङ्ख्या न्यून छ। तर पनि कतिपयमा छ। किन होला? भाइरस फर्कियो
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन्स् कम्तीमा १४ प्रतिशत बिरामीमा पुनस् कोभिड(१९ भएको पाइएको छ।

उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो।

नेपालमा 267व्यक्तिमा कोरोनाभाइरस भेटियो
कोरोनाभाइरसबारे यी दाबी जुन तपाईँले बेवास्ता गर्नुपर्छ
“मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ,“ 
“जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छन्।“

भाइरस शरीरमा रहन्छ कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छन्। विज्ञहरूका अनुसार करिब १४ प्रतिशत मानिसमा कोरोनाभाइरस सङ्क्रमण दोहोरिएको पाइएको छ कोभिड(१९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुनस् सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ। भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ भन्ने हामीलाई थाहा छ। दादुराको हकमा बाल्यकालमा दिइएको एउटै खोपले जीवनभरि प्रतिरोधी क्षमता बनाइराख्छ। तर कतिपय स्वास्थ्य अधिकारीहरूले भने निश्चित उमेरका मानिसहरूलाई सुरक्षित राख्न पहिलेको भन्दा आधुनिक खोप पुनस् दिनु राम्रो हुन्छ। अन्य कतिपय भाइरसका निम्ति खोप उति प्रभावकारी हुँदैनन्। त्यसैले त्यस्ता खोप बेला बेला फेरि दिइरहनुपर्छ। अनि कतिपय यस्ता खोप पनि छन् ( उदाहरणका लागि इन्फ्लूएन्जाको वा साधारण रुघाको खोप ( जुन हरेक वर्ष दिनुपर्छ किनकि त्यसको भाइरस बारम्बार परिवर्तन भइरहन्छ।

Post a Comment

0 Comments